१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

ढुंगाले लागेर स्कुल जाँदै गरेका गुल्मीका एक विद्यार्थीको मृत्यु

गुल्मी । गुल्मीमा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडानम्बर-३ निवासी १४ वर्षका गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

मृतक रायमाझी बिहीबार बिहान स्कुल जाने क्रममा निर्माणकार्य चलिरहेको सडकमा डोजरले फालेको ढुंगाले लागेर घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रायमाझीको सव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान र डोजर चालकलाई नियन्त्रणमा लिइएको डिएसपी खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै