
समाचार सारांश
Auto Generated by AI
- त्रिविको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र पढाउने शिक्षक सन्दीप सिंहले नै आउट गरेको पाइएको छ।
- प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न उनलाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
- घटनाको छानबिनका लागि विश्वविद्यालयले तीन सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ।
काठमाण्डौ — त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै ‘आउट’ गरेको खुलासा भएको छ । काठमाण्डौमा दुईवटा कलेज पढाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्ता लगाएको हो ।


























