शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

समाचार सारांश
Auto Generated by AI
  • त्रिविको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र पढाउने शिक्षक सन्दीप सिंहले नै आउट गरेको पाइएको छ।
  • प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न उनलाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
  • घटनाको छानबिनका लागि विश्वविद्यालयले तीन सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ।
काठमाण्डौ — त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै ‘आउट’ गरेको खुलासा भएको छ । काठमाण्डौमा दुईवटा कलेज पढाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्ता लगाएको हो ।

भक्तपुर बस्ने ३३ वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ । गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी ५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनेटमै ह्वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो ।

एमबीएस पहिलो सेमेस्टरको अरु विषयका परीक्षा बाँकी नै रहेकाले ती परीक्षामा समेत गैरकानुनी क्रियाकलापहरू हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ । त्यस्ता कसुर गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने सीआईबीले चेतावनी पनि दिएको छ ।

झण्डै एक हजार २३ जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कारबाहीका लागि अस्ति शनिबार नै सीआईबीमा पत्राचार गरेको थियो ।

त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सत्यतथ्य पत्ता लगाई ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

- Advertisement -spot_img
-Advertisement-spot_img