वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

समाचार सारांश
Auto Generated by AI
  • वाणिज्य विभागले गत आर्थिक वर्षमा देशभरका चार हजार ४८१ व्यावसायिक फर्मको अनुगमन गरेको छ।
  • नियम विपरीत काम गर्ने ५३७ फर्मबाट दुई करोड ६१ लाखभन्दा बढी जरिवाना असुल गरिएको छ।
  • उपभोक्ताबाट आएका अधिकांश गुनासोहरू विभागले सम्बोधन गरी प्रक्रिया अघि बढाएको छ।

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२/८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ ।

विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर ९६५ अनुगमन टोली परिचालन गरी कुल चार हजार ४८१ व्यावसायिक फर्म अनुगमन गरिएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम गरेको बजार अनुगमन क्रममा ५३७ व्यावसायिक फर्मलाई कारवाहीसहित जरिवाना तिराएको हो । बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट दुई करोड ६१ लाख २३ हजार ३०० रुपैयाँ जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ ।

अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात् तीन हजार ४६२ फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ । त्यसै गरी ३६२ फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ । विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएकामध्ये ११५ फर्ममात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाको पाइएको थियो ।

अनुगमन क्रममा कैफियत भेटिएका ४ फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाइएको विभागले जनाएको छ । विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ ।

जसअन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल ९८० गुनासोमध्ये ९२१ वटा फर्छ्योट भइसकेका छन् भने ५८ गुनासो प्रक्रियामा छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ मार्फत विभागमा प्राप्त ३२० गुनासोमध्ये ४६ वटा समाधान भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img