४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

जिल्ला समन्वय समिति अर्घाखाँचीका पदाधिकारीले लिए सपथ

Workplace

अर्घाखाँची । जिल्ला समन्वय समितीस) अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला लगायत पदाधिकारीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । नेकपा एमालेबाट निर्वाचित समन्वय प्रमुख जीवनारायण कोईराला, उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली लगायत ७ जना सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश वासुदेव न्यौपानेले निर्वाचित समन्वय प्रमुख कोईरालालाई सपथ ग्रहण गराएका हुन् । त्यस लगत्तै प्रमुख कोईरालाले उपप्रमुख लगायत सबै सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित समन्वय प्रमुख कोईरालाले प्रमुखको पदमा बस्न र नामको लागि मात्र नआएको बताउदै जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने समन्वयबाट पनि जनताको पक्षमा काम हुँदो रहेछ भन्ने अनुभुति दिलाउने गरी काम गर्ने बताए ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य चेतनाराण आचार्य, रामजी प्रसाद घिमिरे, राष्ट्रियसभा पुर्व सदस्य चन्द्रबहादुर खड्का, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, नेकपा एमाले अध्यक्ष पिताम्बर भुसाल, प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरे, अदालतका श्रेस्तेदार महेश खनाल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै