४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमाले निर्विरोध

Workplace

अर्घाखाँची । जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका छन्। प्रमुखरउपप्रमुखसहित सबै ९ जना निर्विरोध निर्वाचित बनेका हुन्। गठबन्धन दलले उम्मेदवारी दर्ता नै नगराएपछी नेकपा एमालेको मात्रै उम्मेदवारी परेको थियो। चुनाव आफ्नो पक्षमा नआउने देखिएपछी कांग्रेस, माओवादी लगायत गठबन्धन दल प्रतिस्पर्धा बाट अलग्गीएका हुन्।

जिल्लाका ६ स्थानीयतहको १२ पदमध्ये गठबन्धनसंग ४ पद मात्र छ। एमाले एक्लैको ८ मत भएपछी जित सुनिश्चत हुँदा गठबन्धनले उम्मेदवारी नै दर्ता गरेन। स्थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षले जिसस नेतृत्व चुन्ने व्यवस्था रहेको छ। भुमिकास्थानको प्रमुखरउपप्रमुख, शितगंगाको प्रमुख र छत्रदेवको प्रमुख मात्र गठबन्धनले जितेको थियो। अन्य ८ प्रमुखरउपप्रमुखमा एमालेले जितेको छ।

नेकपा (एमाले)ले पाणिनी गाउँपालिका–५, मैदानबाट वडा सदस्यमा निर्वाचित जिवनारायण कोइरालालाई जिसस प्रमुखमा उम्मेदवार बनाएको छ। एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका कोईराला जिसस प्रमुख बन्ने पक्कापक्की भएको छ। यस्तै उपप्रमुखमा छत्रदेव गाउँपालिका–१, चिदिकाबाट सदस्यमा निर्वाचित लक्ष्मी शर्मा ज्ञवालीलाई उम्मेदवार बनाएको छ। नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेकी ज्ञवालीलाई उपप्रमुख बनाउने उद्देश्यले नै एमालेले सदस्य लडाएको थियो।

जिसस सदस्यमा खुलातर्फबाट पाणिनी गाउँपालिका–७ का कमल घिमिरे, सन्धिखर्क नगरपालिका–७ का लक्ष्मण कँडेल र भूमिकास्थान नगरपालिका–८ का झुपलाल खनाललाई उम्मेदवार बनाएको छ। त्यस्तै महिला सदस्यमा मालारानी गाउँपालिका–४ का टुल्कादेवी आचार्य, शितगंगा नगरपालिका–१० का डालकुमारी भण्डारी र मालारानी–१ का सीता आचार्य रहेका छन्। यसैगरी दलित–अल्पसंख्यक सदस्यमा शितगंगा–१३ बाट मिना बिसी परियार उम्मेदवार बनेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै