२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

अर्घाखाँचीमा ३ अर्ब भन्दा बढी बजेट (तालिका सहित)

Workplace

लक्ष्मण घिमिरे अर्घाखाँची । आर्थीक वर्ष २०७९/०८० का लागी अर्घाखाँचीले ३ अर्ब भन्दा बढी बजेट पाएको छ । आगामी आर्थीक वर्षका लागी अर्घाखाँची जिल्लाले चालु तर्फ २ अरब ६१ कराेड ७५ लाख र पुंजिगत तर्फ ४७ कराेड १४ लाख गरी कुल ३ अर्ब ८ करोड ८९ लाख बजेट पाएको हो ।

जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ६८ करोड ३८ लाख बजेट प्राप्त गरेको छ । यस्तै शितगंगा नगरपालिकाले ५६ करोड ४० लाख तथा भुमिकास्थान नगरपालिकाले ४८ करोड ७२ लाख रुपैंया बजेट प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाहरुमा छत्रदेव गाउँपालिकाले ३९ करोड ५७ लाख बजेट पाएको छ । पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख र मालारानी गाउँपालिकाले ४७ करोडको बजेट पाएका छन् ।

गत जेठ १५ गते नेपाल सरकारले आगामी आर्थीक वर्ष २०७९/०८० का लागी बजेट ल्याएको थियो । सोही बजेट प्रदेश तथा स्थानियतह हरुलाई बाँडफाँट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (58%)
  • दुःखी (8%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (17%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै