१४ जेठ, घनश्याम पाैडेल अर्घाखाँची। पाणिनी गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका क्रमश: तारा पौडेल, राधा घिमिरे, लक्ष्मी सुनाखरी, शान्ता गौतम, विन्दु परियार र मानबहादुर विश्वकर्मा कार्यपालिका सदस्यमा विजयी भएसँगै काँग्रेस बहुमतमा भएको छ ।
काँगेसको तर्फबाट निर्वाचित ६ जनासहित वडाअध्यक्षहरु कमलप्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली र कृष्णप्रसाद पौडेलले प्रतिनिधीत्व गर्ने भएका हुन । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, वडाअध्यक्षहरु हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, गुनाखर अधिकारी र रोमबहादुर पाण्डेले कार्यपालिकामा प्रतिनिधित्व गर्छन ।
आज सम्पन्न निर्वाचन सँगै पाणिनी गाउँपालिकाको कार्यपालिकामा एमालेको तर्फबाट ६ जना र काँग्रेसको तर्फबाट १० जना गरी १६ सदस्यीय कार्यपालिका बनेको पाणिनी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँसभामा एमालेको तर्फबाट २० सदस्य र काँग्रेसको तर्फबाट २४ सदस्य सहित ४४ जना सदस्य गाउँसभामा सहभागी हुनेछन् ।