
पर्सा । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी हुनुभएकाे छ । सिंहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २२ हजार ४ सय ४४ मतान्तरले पराजित गर्नुभएकाे हाे ।
सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गर्नुभएकाे छ भने वीरगञ्ज महानगरका निवर्तमान मेयर विजय सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै राष्ट्रिय जनता पार्टीका गिरिश गिरीले ३ हजार ३ सय १३ मत ल्याउनु भएकाे छ ।
उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाउँदा उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ९ हजार ५ सय ६८ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी चबना जैसवालले ५ हजार ९ सय ८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९ सय ९ मत पाउनु भएकाे छ ।
वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र दुई वटामा लोसपाले जितेको छ ।