
काठमाण्डाै। काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मतगणना चलिरहेको छ।
पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाउनु भएको छ ।
महानगरको १ लाख ९ हजार ५ सय ३७ मत गन्दा बालेन साहले ३९ हजार ६ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, नेपाल कांग्रेसकी र्सिजना सिंहले मतान्तर घटाउन थाल्नु भएको छ । उहाँको २२ हजार ७२ मत छ । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले अहिलेसम्म २१ हजार ५ सय ७१ मत पाउनु भएको छ । स्थापित सिंहभन्दा ५ सय १ मतले पछाडि हुनुहुन्छ ।