हरिप्रसाद भुसाल अर्घाखाँची । अर्घाखाँची जिल्लाका पालिकाहरुमा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई सन्धिखर्कमा सपथ ग्रहण गराईएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयाेजना गरिएकाे विशेष समाराेहका विच माननीय जिल्ला न्यायाधिश बासुदेव न्याैपानेले नगपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुलाइ पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभएकाे हाे ।
सपथग्रहणमा भूमिकास्थानका नगरप्रमुख झविलाल थापा, शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पाैडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्याैपाने र छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ सहभागी हुनुहुन्थ्याे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकामा निर्वाचित सवै जनप्रतिनिधिहरुलाई सम्मान सहित प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।