नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ वटै स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका ६ वटा पालिकाहरु मध्ये ३ वटा पालिकामा नेकपा एमालेले प्रमुखमा जित हासिल गरेको छ । नेकपा एमालेले सन्धिखर्क नगरपालिका प्रमुख, मालारानी गाउँपालिका अध्यक्ष, पाणिनी गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ भने ५ वटा स्थानिय तहको उपप्रमुखमा जित हासिल गरेको छ जिल्लाको सन्धिखर्क नगरपालिका उपप्रमुख, मालारानी गाउँपालिका उपाध्यक्ष, पाणिनी गाउँपालिका उपाध्यक्ष, छत्रदेव गाउँपालिका उपाध्यक्ष र सितगंगा नगरपालिकाको उपप्रमुखमा जित हासिल गरेको छ । यस्तै जिल्लाका २ वटा पालिका प्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले सितगंगा नगरपालिकाको प्रमुख र छत्रदेव गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालिकाको प्रमुखमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले भुमिकास्थान नगरपालिकाको उपप्रमुखमा जित हासिल गरेको छ ।
यस्तै जिल्लाका ६१ वटै वडाहरुको मतपरिणाम सार्वजनिक भएका छन् । जिल्लाका ६१ वटा वडाहरुमध्य ३० वटा वडाहरुमा नेकपा एमाले निर्वाचित भएको छ । नेपाली काग्रेसले २३ वटा वडाहरुमा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले ४ वटा वडाहरुमा जित हासिल गरेको छ । यस्तै राष्ट्रिय जनमोर्चा तिन वटा वडामा निर्वाचित भएको छ । यस्तै जिल्लाको सितगंगा नगरपालिका वडा नं. १२ मा नेकपा एमाले र नेपाली कांग्रेसको मतपरिणाम वरावर आएको छ सितगंगा १२ मा दुवैको ७६८ मत आएको जानकारी प्राप्त भएको छ ।
(विवरणहरु)
पालिका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख
सन्धिखर्क नगरपालिका प्रमुखः कृष्ण प्रसाद श्रेष्ठ नेकपा (एमाले)
सन्धिखर्क नगरपालिका उपप्रमुखः मिश्रा आचार्य नेकपा (एमाले)
सितगंगा नगरपालिका प्रमुखः छवि लाल पौडेल (नेपाली काँग्रेस)
सितगंगा नगरपालिका उपप्रमुखः गीता भाट गीता भाट नेकपा (एमाले
भुमिकास्थान नगरपालिका प्रमुखः झविलाल थापा (राष्ट्रिय जनमोर्चा)
भुमिकास्थान नगरपालिका उपप्रमुखः बाल कृष्ण बन्जाडे (माओवादी केन्द्र)
पाणिनी गाउँपालिका अध्यक्षः टेक राज न्यौपाने नेकपा (एमाले)
पाणिनी गाउँपालिका उपाध्यक्षः नर्मदा गौतम (पौडेल) नेकपा (एमाले)
छत्रदेव गाउँपालिका अध्यक्षः चन्द्रमान श्रेष्ठ (नेपाली कांग्रेस)
छत्रदेव गाउँपालिका उपाध्यक्षः मनी पन्थी नेकपा (एमाले)
मालारानी गाउँपालिका अध्यक्षः दलबहादुर भट्टराई नेकपा (एमाले)
मालारानी गाउँपालिका उपाध्यक्षः दिपा पोखरेल नेकपा (एमाले)
नेकपा एमाले
१. मालारानी–१, दधिराम आचार्य
२. मालारानी–३, दण्ड पाणी पोख्रेल
३. मालारानी–८, नरेन्द्र कुमार बस्नेत
४. मालारानी–७, खड्क प्रसाद भुसाल
५. सन्धिखर्क–२, मोतिजंग रायमाझी
६. छत्रदेव–१, काजीबाबु ज्ञवाली
७. छत्रदेव–२, शंकर प्रसाद पाण्डे
८. छत्रदेव–४, भिमलाल खनाल
९. छत्रदेव–८, भिष्म कुँवर
१०. भुमिकास्थान–९, खेम राज चुँदाली
११. भुमिकास्थान–१०, खगेश्वर पन्थी
१२. पाणिनी–४, हरी प्रसाद घिमिरे
१३, पाणिनी–५, इन्द्रमणी घिमिरे
१४. पाणिनी–७, गुनाखर अधिकारी
१५. पाणिनी–८, रोम बहादुर पाण्डे क्षेत्री
१६. शितगंगा–१३, दुर्गा बहादुर बि.सी
१७. मालारानी–६, नारायण अर्याल
१८. मालारानी–४, विष्णु पोख्रेल
१९. मालारानी–५, तिलक मिश्र
२०. छत्रदेव–३, तेज प्रसाद खनाल
२१. सन्धिखर्क–९, पदम बहादुर भुसाल
२२. भुमिकास्थान–७, रामचन्द्र ढुङ्गाना
२३. भुमिकास्थान–६, प्रेम नारायण बेल्वासे(
२४. सितगंगा–१०, केशव प्रसाद वेल्वासे
२५. सितगंगा–११, नवराज भुसाल
२६. सितगंगा–९, भिम बहादुर खत्री क्षेत्री
२७. सन्धिखर्क–६, श्रीधर महत्रा क्षेत्री
२८. सन्धिखर्क–७, चुरा बहादुर के.सी
२९. सितगंगा–६, ऋषि बहादुर रेश्मी
३०. सितगंगा–७, देवि राम घिमिरे(
नेपाली कांग्रेस
१. सन्धिखर्क–१, माधव श्रेष्ठ
२. सन्धिखर्क–१२, नारायण खड्का
३. सन्धिखर्क–३, जम्शेर मियाँ
४. सन्धिखर्क–११, चेत नारायण आचार्य
५. छत्रदेव–५, बालकृष्ण पोखरेल
६. भुमिकास्थान–१, गोपाल प्रसाद खनाल
७. सितगंगा–१, मान बहादुर सिंजापती
८. पाणिनी–१, कमल प्रसाद पोखरेल
९. पाणिनी २, चन्द्रकान्त पौडेल
१०. पाणिनी–३, युवराज ज्ञवाली
११. पाणिनी–६, कृष्ण प्रसाद पौडेल
१२. शितगङ्गा–१४, दामोदर न्यौपाने
१३. भुमिकास्थान–८, राज कुमार श्रेष्ठ
१४. छत्रदेव–६, कमल पौडेल
१५. छत्रदेव–७, नारायण प्रसाद पाण्डे
१६. सन्धिखर्क–४, कृष्ण प्रसाद श्रेष्ठ
१७. सन्धिखर्क–५, ऋषव अधिकारी
१८. सितगंगा–३, चिन्तराज अधिकारी
१९. सितगंगा–२, राम बहादुर गोर्खा क्षेत्री
२० भुमिकास्थान–५, जय गोपाल श्रेष्ठ
२१. सन्धिखर्क–८, हुम प्रसाद बन्जाडे
२२. सितगंगा–४, दामोदर अधिकारी
२३. सितगंगा–५, चन्द्र मणि बेल्बासे
माओवादी केन्द्र
१. मालारानी–२, योगेन्द्रनाथ भुसाल
२. मालारानी–९, महेन्द्रबाबु खनाल
३. सन्धिखर्क–१०, मोहन ठकुरी
४. सितगंगा–८, रुक बहादुर आले मगर
राष्ट्रिय जनमोर्चा
१. भुमिकास्थान–२, बुद्धि बहादुर थापा क्षेत्री
२. भुमिकास्थान–३, कृष्ण प्रसाद बन्जाडे
३. भुमिकास्थान–४, बाबुराम सुनार