काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म १०४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसको अग्रता रहेको छ । हालसम्म नेपाली कांग्रसले ४०, एमालेले ३७, नेकपा माओवादी केन्द्रले २४ र नेकपा एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेको छ ।
त्यस्तै, ४५ पालिकाको उपप्रमुखमा कांग्रेसले जित हात पारेको छ भने उपप्रमुखमा ३५ सिटमा एमालेले जित हात पारेको छ। नेकपा माओवादी केन्द्रले उपप्रमुखमा १८ क्षेत्रमा जित हात पार्दा नेकपा एकीकृत समाजवादीले ५ स्थानमा उपप्रमुखमा जितेको छ।
हालसम्म जसपाले २ वटा उपप्रमुख जितेको छ। त्यस्तै, राष्ट्रिय जनमोर्चाले १ स्थानमा उपप्रमुख जितेको छ। स्वतन्त्र उम्मेदवाले १ स्थानमा प्रमुख जितेका छन्।
यो समाचार तयार पार्दासम्मको परिणामअनुसार नेपाली कांग्रेसले २५८ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १५२ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ९६, नेकपा एकीकृत समाजवादीले १८, र जसपाले २९ स्थानमा अग्रता बनाएका छन् ।