१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौंः अध्यक्ष पदका उम्मेदवार क्षेत्री

नविन रसाईली अर्घाखाँची । गठबन्धनबाट मालारानी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पदम क्षेत्रीले आफुले जितेपछि मालारानीमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । आइतबार मालारानी गाउँपालिकाको वडा नं. ६ र ७ को चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले गठबन्धनले टिकट दिनु नै आफ्नो जित रहेको बताउदै अबको जित भनेको समग्र मालारानी बासीको जित हुन बाँकी रहेको बताए । यस्तै अध्यक्ष पदका उम्मेदवार क्षेत्रीले मालारानीमा यस अघिको सरकारले भ्रष्टचार गरेको आरोप लगाउदै अब मालारानीलाई सुशासन मैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

उपाध्यक्ष पदका उम्मेदवार शोभाखर खनालले मालारानीमा नेकपा एमालेले हार स्वीकार गरिसकेको बताउदै एमालेले जनतामाझ भुटा भ्रम छर्दै हिडेको आरोप लगाए । उनले मालारानीका सबै वडाहरुमा गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले मालरानीको मुहार फेर्न आफुहरु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै