अर्घाखाँचीमा ८७४ जनाको उम्मेद्वारी दर्ता

अनिल नेपाली अर्घाखाँची । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अर्घाखाँचीका पालिकामा ८७४ जनाको उमेद्वारी दर्ता भएको छ ।

तीन नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ६१ वटै वडाअध्यक्ष पदका लागि ८७४ जनाको उमेद्वारी दर्ता भएको हो ।

नेकपा एमालेबाट सन्धिखर्क नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा मिश्रा आचार्यले मनोनयन दर्ता गराएका छन् । श्रेष्ठ गत निर्वाचनमा नगर प्रमुख कमलप्रसाद भुसालसँग पराजित भएका थिए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी लुम्बिनी प्रदेश सदस्य तथा पूर्व जिल्ला उपसभापति शान्ता भण्डारीले प्रमुखमा उम्मेदरवारी दर्ता गराएकी छन् ।

उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र भुसालले उम्मेद्वारी दर्ता गराएका छन् भने राप्रपाबाट ध्रुव भुसालले मेयरमा र सुनिता गिरीले उपमेयरमा, जनता समाजवाजवादी पार्टीबाट मेयर टोप बहादुर बलाल र उपमेयरमा रमा आचार्यले उमेद्वारी दर्ता गराएका छन् ।

स्वतन्त्रबाट राजेन्द्र नेपाल, विबेकशील साझा पार्टीबाट सूर्यप्रसाद श्रेष्ठ ,मेयरमा एकीकृत समाजबाट सिद्धीप्रसाद भुसालले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । अध्यक्षमा ४५ जना वडा सदस्यमा ६६ जना , महिला सदस्य ३१ जना दलित महिला सदस्य २७ जना गरी १७९ जनाले उम्मेदबारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको भुमिकास्थान नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा निवर्तमान नगर प्रमुख रेशम थापाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपप्रमुखमा बसन्ता पौडेलले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रमुखमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, राप्रपाका तर्फबाट अर्जुन खनालले प्रमुखमा उम्मेद्वारी दिएका छन् ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार बालकृष्ण बन्जाडे , र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी महिला नेतृ सुनिता बेल्बासे भुसालले उम्मेदवारी दर्ता गराएका छन् भने वडा अध्यक्ष र सदस्यका लागि ५० पदका लागि स्वतन्त्र र राजनितिक दलको तर्फबाट ११६ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत शान्ति न्यौपाने जानकारी दिइन् ।

छत्रदेव गाँउपालिकामा नेपाली काग्रेसको तर्फबाट काग्रेस नेता चन्द्रमान श्रेष्ठले उम्मेदबारी दर्ता गराएका छन् भने उपाध्यक्षमा इन्दिरा भुसालले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनि पन्थीले उम्मेद्वारी दर्ता गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गोपालप्रसाद पाण्डे,उपाध्यक्षमा रेखा कुँवर अध्यक्षमा विबेकशील पार्टीका नेता पशुपति पाण्डेले उम्मेद्वारी दर्ता गराएका छन् । वडा अध्यक्ष र सदस्यका लागि स्वतन्त्र लगायतले ४२ पदका लागि १०१ ले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत निराजन शर्माले जानकारी दिए । जिल्लाको पाणिनी गाँउपालिकामा अध्यक्षमा निवर्तमान अध्यक्ष समेत रहेका नेपाली काग्रेसका सचिव अच्युत गौतमले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

नेकपा एमालेका नेता टेकराज न्यौपाने , राप्रपा का तर्फबाट फर्सुराम पौडेल जसपाबाट माधबराज पोख्रेलले उमेद्वारी दिएका छन् भने उपाध्यक्षमा काग्रेसबाट निवर्तमान उपाध्यक्ष लक्ष्मी गौतम , एमालेबाट नरमता गौतम जसपाबाट यमुना थापा, स्वतन्त्रबाट बेदराज घिमिरेले उम्मेद्वारी दिएका छन् भने ८ वडा अध्यक्षका लागि २० जना ८ जना महिला सदस्यका लागि १७ जना दलित महिला सदस्यका १७ खुल्ला सदस्यका लागि ३९ जना गरी १०१ जनाले उम्मेदरबारी दिएको पाणिनी गाँउपालिका निर्वाचन अधिकृत महेश खनालले जानकारी दिए ।

त्यस्तै जिल्लाको शतगंगा नगरपालिका नगर प्रमुखमा एमालेबाट बसन्त कुमार श्रेष्ठ उपप्रमुखमा गीता भाटले उम्मेद्वारी दिएकी छन् । श्रेष्ठ गत निर्वाचनमा नगर प्रमुख सूर्यप्रसाद अधिकारीसँग पराजित भएका थिए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव छविलाल पौडेलले प्रमुखमा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका नेता तथा निवर्तमान नगर उपप्रमुख टिकाराम रेश्मीले उम्मेद्वारी दर्ता गराएका छन् ।

राप्रपाबाट नगर प्रमुखमा पार्वता पौडेल, उपप्रमुखमा कुलानन्द पौडेल , नगर प्रमुखमा नेकपा मालेबाट केदार बेल्वासे राष्ट्रिय जनमुक्ति पार्टीबाट बसन्ता रेग्मी विष्णु कुमार ले मगोल नेशनल अगनाईजेशन विना सुनार जनता समाजबादी जनक भुसाल कुमार घर्ती होम ब रायमाझीले स्वतन्त्र उम्मेदबारी दर्ता गराउनुभएको छ भने उपप्रमुखमा तुल्सी बुढा मगर स्वतन्त्र श्याम बहादुर रजाली सरस्वता थापाले नगर उपप्रमुखमा उम्मेदबारी दर्ता गराउनुभएको छ भने वडा अध्यक्ष का लागि ५९ जना पुरुष सदस्य ७८ महिला सदस्य ४२ दलित महिला सदस्य ३४ जना गरी २३० जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय सितगंगा ले जनाएको छ ।

जिल्लाको मालारानी गाँउपालिकामा अध्यक्षमा नेकपा एमालेका तर्फबाट दलबहादुर भट्टाराईले अध्यक्षमा उपाध्यक्षमा दिपा पोख्रेलले उम्मेद्वारी दिएकी छ्न भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता पदम क्षेत्रीले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका नेता शोभाखर खनालले उम्मेद्वारी दिएका छन् ।

राप्रपाका तर्फबाट पदम महतले अध्यक्षमा, एकीकृत समाजवादीका नेता पीताम्बर भुसाल ,जिन्दकबहादुर खड्काले जनता समाजवादीको तर्फबाट अध्यक्षमा, अर्जुन खनालले स्वतन्त्रको तर्फबाट उम्मेद्वारी दिएका छन् ।

गाँउपालिका निवर्तमान अध्यक्ष समेत रहेका बालकृष्ण आचार्यले समेत अध्यक्षमा उम्मेद्वारी दिएका छन् । वडा अध्यक्षमा २८ जना वडा सदस्य ४० जना महिला सदस्य १८ दलित महिला सदस्य १८ गरी ११७ जनाले उम्मेद्वारी दर्ता भएको छ ।

२ स्थानीय तहमा उम्मेदबार दोहोरिए

जिल्लाका ६ स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवारमा मध्ये अर्घाखाँचीमा केही पुरानै अनुहार दोहारिएका छन् ।

०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन नेपाली काग्रेसबाट पाणिनी गाँउपालिकाको अध्यक्षमा बिजयी अच्युत गौतम र एमालेबाट निर्वाचित भएका र अहिले कांग्रेसमा प्रवेश गरेकी महिला नेतृ लक्ष्मी गौतम र भुमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट बिजयी भई काम गरेका नगर प्रमुख रेशम थापा एमालेमा प्रवेश गरेसँगै सोही पदमा पुुन उम्मेद्वारी दिएका छन् ।

शीतगंगा नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रका नेता टिका रेश्मीले सोही पदमा पुन उम्मेद्वारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img