गठबन्धनमा मिल्याे भागबन्डा, कांग्रेसले ३ वटा महानगर र ७ वटा उपमहानगर लिने

काठमाण्डाै । सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको भागबन्डा टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा कुन पार्टीले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाएको हो ।

सहमतिपत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कांग्रेसले तीन वटा महानगरपालिका र सात वटा उपमहानगरपालिका, माओवादीले एउटा महानगर र दुई वटा उपमहानगरपालिका, एकीकृत समाजवादीले एउटा महानगरपालिका र एउटा उपमहानगरपालिका तथा जसपाले पनि एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकामा उम्मेदवारी दिनेछन् ।

सहमति अनुसार कांग्रेसले काठमाण्डौ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने छ । यस्तै माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्जकाे मेयरमा उम्मेदवारी दिनेछन् । महानगरको उपमेयरमा कांग्रेसले वीरजञ्ज, भरतपुर र पोखरामा उम्मेदवारी दिनेछ भने माओवादीले ललितपुर, एकीकृत समाजवादीले काठमाण्डौ र जनता समाजवादी पार्टीले विराटनगरमा उम्मेदवारी दिनेछ ।

उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर पदमा उम्मेदवारी दिनेछ । यस्तै जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयरमा उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिमा मेयर पदमा उम्मेदवारी दिनेछ भने धरान र धनगढीमा उपमेयरमा उम्मेदवारी दिनेछ । एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटबल र तुलसीपुरमा उपमेयरमा उम्मेदवारी दिनेछ । जसपाले जनकपुर उपमहानगरपालिकामा मेयर र कलैया र नेपालगञ्जमा उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img