चुनाव सर्दैनः अध्यक्ष प्रचण्ड

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गतेको पालिका चुनाव सर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

माओवादी केन्द्रको प्रचार विभागले आज साेमवार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अनुमानका भरमा केही व्यक्तिले सञ्चारमाध्यममा चुनाव सर्ने शङ्का गरेको तर कुनै पनि हालतमा चुनाव नसर्ने बताउनुभयो । ‘देश चुनावमा होमिइसकेको छ, सबै दल आफ्नो अवस्था सुधारका लागि देश दौडाहामा छन्, सरकार र सरकारमा रहेका दलहरूको छलफलमा चुनाव सार्ने कुरा नै उठेको छैन, चुनाव कुनै हालतमा सर्दैन, ढुक्क रहन म अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले चुनाव सर्छ भनेर बेला–बेला हल्ला हुनु नेपालमा नौलो कुरा नभएको बताउनुभयो । ‘चुनाव हुने दिनको बिहानसम्म पनि चुनाव सर्छ रे नि भन्ने हल्ला भइरहेका हुन्छन्, अहिलेसम्मका चुनावमा त्यस्तै हल्ला भएका छन्, तर चुनाव हुन्छ, सार्ने कुरै छैन’, प्रचण्डको भनाइ छ ।

यसैबीच सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकाको भागबन्डा अन्तिम चरणमा पुगेको र आज बेलुका सबै टुङ्गिने प्रचण्डको भनाइ छ ।

संविधानविरोधी र प्रतिगमनका पक्षधर दल र नेताहरूलाई परास्त गर्नका लागि गठबन्धन आवश्यक रहेको भन्दै प्रचण्डले अबको चुनावमा परिवर्तन र प्रगतिका पक्षधरको विजय हुने दाबी गर्नुभयो ।

अब माओवादीले हरेक सोमवार पत्रकार सम्मेलन गरेर चुनावको सूचना सम्प्रेषण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img