हृदय भुसाल अर्घाखाँची । नेकपा एकिकृत समाजवादी निटक युवा संघ नेपाल र अनेमसंघ समाजवादीको भुमिकास्थान नगरपालिका वडा नं. १० धन्चौरमा वाड कमिटी गठन भएको छ ।
गोपाल उचाईको अध्यक्षतामा १ सय एक सदस्य युवा संघ नेपाल वाड कमिटी गठन भएको हो । साथै शुशिला भट्टराईको अध्यक्षतामा ७१ सदस्य समाजवादी अनेमसंघ वाड कमिटी गठन भएको युवा संघका जिल्ला कमिटी सचिब नबिन घ.मले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी सदस्य तारापति भट्टराईले प्रतिगामी गलत तत्वहरुको बिरुद्ध सवै पक्ष एक भएर लाग्नुपर्ने भन्दै गाउँ गाउँमा जनतालाई यतिबेला नेकपा एमालेले झुटा आश्वसन दिदै हिडेको बताउदै त्यस्ता झुटलाई सबै पक्ष मिलि परास्त गर्नुपर्ने बताए । उनले अब जनताले एमालेलाई दण्डित गनुपर्ने बेला आएको समेत बताए ।
कार्यक्रमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्र्चाज झबिलाल भट्टराई, जिल्ला कमिटी सचिवालय सदस्य सुधिर नेपाली, भोजन गुरुङ्घ, दुर्गा भट्टराई अर्जुन बुढा, टान प्रसाद भट्टराई, बिष्णु चुदाली लगायतले पशिक्षणमुलक मन्तब्य राखेका थिए । कार्यक्रममा नेकपा एमाले बाट रमेश पुलामी, पुनम घ.म लगायतले पार्टी प्रबेश गरेको नेकपा एसले जनाएको छ ।

कार्यक्रम नेकपा एकीकृत समाजवादी वाड कमिटी अध्यक्ष शुभ बहादुर समालको अध्यक्षता, सचिब नविन धमको संचालनमा सम्पन्न भएको थियो ।

























