गठबन्धनमा आवद्ध युवा संघहरुले संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

नविन रसाइली अर्घाखाँची । सत्ता गठबन्धनमा आवद्ध संयुक्त युवा संघहरुले नयाँ वर्षको अवसरमा अर्घाखाँचीमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएका छन् । बिहीबार नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालको आयोजनामा भएको संयुक्त बैठकले बैशाख २ गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको युवा संघ नेपालका जिल्ला अध्यक्ष पुष्कर पौडेलले जानकारी दिए ।

यस्तै बैठकले शुभकामना आदान प्रदान कार्यक्रम व्यवस्थापनका लागि तरुण दलका अध्यक्ष नारायण खड्काको संयोजकत्वमा व्यवस्थापन समिती गठन गरेको छ । जसमा विष्णु पुन, पुष्कर पौेडेल, ठाकुर पन्थी सुनार र महेन्द्र सुनार रहेका छन् ।

बैठकमा मन्तव्य राख्ने युवाहरुले अर्घाखाँचीमा गठबन्धन एक भएको भन्दै गठबन्धनलाई कसरी विजयी गराउने, युवाहरु कसरी चुनाव केन्द्रित हुने लगायतका समसामुहीक विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ ।

युवा संघ नेपालका केन्द्रिय सचिव शुसील भट्टराई, वाइसेल नेपालका केन्द्रिय सदस्य ठाकुर सौराग (आदर्श), तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, वाईसेल नेपालका जिल्ला इन्चार्ज कृष्ण सारु, अखिल नेपाल युवा संघका जिल्ला अध्यक्ष कुलराज खनाल, समाजवादी युवा संघका महेन्द्र सुनार लगायत भातृसंगठनका केन्दिय सदस्य तथा जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियोे । कार्यक्रम युवा संघ नेपालका जिल्ला अध्यक्ष पुष्कर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img