नगर प्रमुख सहित पाँच जना वडाध्यक्ष नेकपा एसमा प्रवेश

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित नगर प्रमुख सहित पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेयर अशोक चन्द सहित पाँच अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

नगरप्रमुख सहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट ७ नम्बरका वीर बहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको वडा नम्बर १० का वडा सदस्य डम्मर भट्टले जानकारी दिए ।

१० वडा रहेको बेदकोट नगरपालिकामा ८ वडा एमालेले जितेको थियो । अहिले ८ मध्ये ५ वडाध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

कार्यपालिका सदस्यहरू निर्मला विष्ट चौधरी, पिंकी दमाईं, माया बोहरा, तारा रैका, दलवीर टमाटा, चेतराम कामी पनि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

वडा नम्बर १ का चारै जना वडा सदस्यहरू पनि समाजवादीमा प्रवेश गरेको भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img