१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

मालारानी गाउँपालिकामा नेकपा एसको अगुवा कार्यकर्ता भेला सम्पन्न

नविन रसाईली अर्घाखाँची । नेकपा (एकिकृत समाजवादी) मालारानी गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । सनिवार मालारानी गाउँपालिकाको सभाहलमा सम्पन्न भेलाले डाल बहादुर चौहानको अध्यक्षतामा १०१ पालिका कमिटी सदस्य गठन गरेको छ । जसको उपाध्यक्षमा राम प्रसाद भुसाल, खडानन्द भुसाल र विमला खनाल रहेका छन् । सचिवमा दिपक खनाल, उपसचिवमा हरीबहादुर चौहान, कमला भुसाल, दुर्गा पराजुली गरी १०१ पालिका सदस्यीय गठन गरिएको निर्वाचित पालिका इन्चार्ज पिताम्बर भुसालले जानकारी दिए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले नेकपा एकीकृत समाजावदीले अर्घाखाँचीमा छोटो समयमै सफलता हासील गरेको बताए । उनले अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको समेत दाबी गरे । यस्तै अध्यक्ष चौहानले नेकपा एसका नेता कार्यकर्तालाई आउदै गरेको स्थानिय तहको चुनाव केन्द्रित हुन आग्रह गर्दैै यतिबेला नेकपा एमालेले जनतामाझ झुटा कुरा गर्दै जनताको आखामा छाहरो हालेको आरोप लगाए । उनले भने ‘हाम्रो पार्टीले जनतामाझ झुटा प्रचार गर्दैन हाम्रो पाटी जनताको आफनै पार्टी बनाउन चाहन्छौं, नेकपा एकीकृत समाजवादी व्यतिवादी नभई बिचार वादी पार्टी हो, यो नेतावादी पार्टी होईन निति वादी पार्टी हो । नेकपा एमालेले जनताको बहुदलीय जनवाद नाराको नै बदनाम गरेको छ । अब आउने चुनावमा यसलाई जनताले दण्डित गर्नेछन्’ ।

कार्यक्रम नेकपा (एकिकृत समाजवादी) का जिल्ला सदस्य हरी बहादुर चौहानको अध्यक्षता, डाल बहादुर चौहानको स्वागत मन्तव्य तथा जिल्ला सदस्य दिपक खनालको सन्चालनमा सप्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै