चुनावमा मिलेर जाने गठबन्धनको निर्णय; पार्टीकाे अवस्था बुझ्न प्रदेश, जिल्ला र पालिकामा संयन्त्र

काठमाण्डाै । सत्ता गठबन्धनका पाँच दलले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले आउँदाे स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गठबन्धनका लागि सबै दलका प्रदेश, जिल्ला र पालिकास्तरका शीर्ष नेताहरूको संयन्त्र बनाउने र संयन्त्रले पाँच दलको अवस्थाबारे यही २२ गतेसम्म प्रतिवेदन केन्द्रमा बुझाउन निर्देशन दिने पनि निर्णय गरेको छ । संयन्त्रले पालिका, जिल्ला र प्रदेशमा पार्टीहरूको अवस्थाबारेको जानकारीसहित प्रतिवेदन तयार पारेपछि कहाँ कसरी जाने भन्ने निर्णय हुने कार्कीले बताउनुभयो ।

हिजो बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर र उपमहानगरको तालमेलबारे केन्द्रीय शीर्ष नेताहरूले नै निर्णय गर्ने बताउनुभएको थियो । तर आजको बैठकमा पहिला संयन्त्रले प्रतिवेदन बुझाएपछि मात्रै निर्णय हुने कांग्रेस नेता कार्कीले बताउनुभयो । ‘समग्रमा भन्नुपर्दा चुनावमा हामी पाँच दल एकजुट भएर जाने निर्णय भएको छ, यत्ति बुझ्नुहोस्’, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img