एमाले सँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भयोः अध्यक्ष प्रचण्ड

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज साेमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनुभयो ।

उहाँले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षड्यन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’ लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशी–विदेशी सेटिङ असफल भएको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रो पटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताउनुभयो । चुनावमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उहाँले पार्टीलाई एकढिक्का बनाउन लड्दा लड्दै विभाजित हुन पुगेको बताउनुभयो । ‘पहिलो जोड आफ्नै तागतले चुनाव जित्ने गरी जानुपर्छ भन्ने हो’, उहाँले भन्नुभयो, ‘तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।’

अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको चुनावसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताउनुभयो । उहाँले एमसीसी जस्ताको त्यस्तै पारित नगरि संशोधन गरेर पारित गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै