सन्धिखर्क ७ खाँचीकोटमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन

अर्घाखाँची । अर्घाखाँँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटामा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । आइतबार कृष्ण बहादुर नेपालीको अध्यक्षतामा ५१ सदस्य सहितको वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी अर्घाखाँचीले जनाएको छ ।

वडा भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले नेकपा एकीकृत समाजवादीमा जनलहर बढिरहेको बताउदै आगामी निर्वाचनमा अर्घाखाँचीबाट बहुमतका साथ विजय हुने दाबी गरे । उनले सम्पुर्ण जनताको सपना नेकपा एसले मात्र साकार पार्ने बताउदै नेकपा एकीकृत समाजवादीले सधै जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए । यस्तै उनले गठबन्धनको सरकारले जनताको पक्षमा काम गरिरहेको र आगामी चुनावमा पनि गठबन्धनको सरकार मिलेर चुनावमा जाने जानकारी दिए ।

यस्तै जिल्ला कमिटी उपाध्यक्ष सिद्धि प्रसाद भुसालले एमाले र अन्य पार्टीका कार्यशैलीका कारण इमान्दार नेता कार्यकर्ता समाजवादीमा सम्मानित हुन थालेको बताए । समाजवादीले जिल्लामा निरन्तर पार्टी निमार्ण गरिरहेको भनाई छ । आउदै गरेको स्थानिय तहको चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

वडा भेलामा नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्धि प्रसाद भुसाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो । भेला कृष्ण बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img