एमसीसी संझौतामा भएका केही बुँदामा व्याख्यात्मक घोषणा सहित संसदबाट पारित गर्ने सहमती नजिक पुग्यो गठबन्धन

काठमाण्डौ । सत्तारुढ गठबन्धन दल गठबन्धन जोगाउने र एमसीसी संझौता गर्ने सहमती नजिक पुगेका छन् । एमसीसी सम्झौतामा भएका केही बुँदामा व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न उनीहरु सहमत भएका छन् ।

सनिवार बेलुका अबेरसम्म भएको छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका हुन् । एमसीसी सम्झौतासम्बन्धी प्रस्तावसँगै पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्ने नेताहरुको दाबी छ ।

पूरक प्रस्तावमा एमसीसी सहयोग विकास अनुदान हो । यो हिन्द प्रशान्त रणनीति तथा अन्य सैन्य सङ्गठनको अङ्ग होइन । कुनै पनि अवस्थामा नेपालको कानुन सर्वोच्च हुनेछ भनेर स्पष्ट घोषणा गरिने उल्लेख गर्ने तयारी छ ।

यस विषयमा औपचारिक सहमति बनाउन दुवै दल आन्तरिक छलफलमा जुट्दै छन् । अहिले बिहान माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ । यस्तै, एकीकृत समाजवादीको पनि स्थायी कमिटी बैठक बस्दैछ । एमसीसीबारे औपचारिक निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ९ बजे गठबन्धनको बैठक बोलाउनु भएको छ ।

९ बजेअघि नै पार्टी भित्र सहमति जुटाउन दुई दल जुट्न लागेका हुन् । आज कुनै नाटकीय मोड नआएमा एमसीसी सम्झौताबारे सत्ता गठबन्धन भित्र सहमति हुने सम्भावना छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्न सहमत नभएमा गठबन्धन टुट्न सक्ने छ र एमालेसँग सहकार्य हुनसक्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । यसका लागि प्रधानमन्त्री देउवाका नजिकका नेताहरुले एमाले नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने सम्भावना छ ।

सत्ता गठबन्धन दलहरुबीच औपचारिक सहमति बनेमा आजकै बैठकमा पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै नसके भोलि अनुमोदन गराउने प्रधानमन्त्री देउवाको तयारी छ । संसद् बैठक दिउँसो १ बजे बस्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img