रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जनाकाे मृत्यु

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन्।

रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्या बढ्दो छ। आक्रमणको निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय बढ्दो छ।

आक्रमण शुरु भएकै दिन हिजो एकै दिनमा १ लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र संघले जनाएको छ।

झण्डै ५ लाख मानिस बसोबास गर्ने बन्दरगाह शहर मुरिपोलमा पनि विष्फोट भएको छ। युक्रेनबाट रुसमा सैन्य खतरा भएकोले त्यसको असैन्यीकरण गर्न कार्बाही गर्नु परेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ।

साथै युक्रेन नव–नाजीहरुले सञ्चालन गरेको आरोप समेत पुटिनको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा सैनिक शाशन लागु गरिएको घोषणा गरेका छन्। रुस माथि अमेरिका र बेलायतले नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्। जसमा बैंकहरूमा रहेको सम्पत्ति रोक्का गरिने छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन माथि हतारमा गरिएको आक्रमणको रुसलाई महंगो पर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै