एमसीसीबारे छलफल गर्न आज संसद् बैठक बस्दै

काठमाण्डाै । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छन् । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नभए पनि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग खोज्नु भएको छ । हिजो प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

छलफलमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । आज पनि थप छलफल हुने उनीहरुले बताएका छन् । कांग्रेस र एमालेबीच एमसीसी सम्झौता मिलेर प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा छलफल भएको थियो ।

यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिनासाथ एमालेले संसदबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै