पहिले संसद् चल्ने वातावरण बनाएर सम्झौता संसदमा पेस गर्न एमालेकाे आग्रह

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।

सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गर्नुभएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गर्न प्रतिपक्षी दल एमालेले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । जवाफमा ओलीले पहिले संसद् चल्ने वातावरण बनाएर सम्झौता संसदमा पेस गर्न आग्रह गर्दै त्यसपछि मात्रै एमालेले धारणा बनाउने बताउनुभएको थियो । एमसीसीको बारेमा सत्ता पक्षकै दलहरू विभाजित भएको विषयमा एमालेको धारणा माग्नु नै गलत हुने ओलीको भनाइ थियो ।

यस्तै माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई अहिले थाँती राखेर चुनावपछि मात्रै यसलाई अघि बढाउने गरी प्रस्ताव गर्नुपर्ने धारणा राख्नुभएको पोखरेलले बताउनुभयो ।

एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img