१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

डा. दुमन सिंह थापाको ७ औं दिनको पुन्य तिथिमा अर्घाखाँचीमा शोक तथा श्रद्धाञ्जली शभा

Workplace

२२ माघ, नविन रसाईली अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय निर्वाचन आयोग सदस्य एवं पुर्व संविधान सभा सदस्य डा. दुमन सिंह थापाको निधनमा शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको आयोजनामा डा. थापाको ७ औं दिनको पुन्य तिथिको अवसरमा शोक तथा श्रद्धाञ्जली सभा सन्धिखर्कमा रहेको नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा सम्पन्न भएको हो ।

शोक तथा श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विक, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थमन केसी, जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज नेत्र थापा, नेकपा एसका लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरुले शोक मन्तव्य राखेका थिए ।

शोक मन्तव्य राख्दै नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष राम बहादुर चौहानले यो शोकलाई शक्तिमा बदल्ने बताए । उनले डा. थापाको अकल्पनयि निधनले सिंगो देश नै शोकमा डुबेको बताए । उनले डा. थापाले अर्घाखाँचीलाई अन्तराष्ट्रिय रुमा परिचित गराएको बताए । मन्तव्यकै क्रममा अध्यक्ष चौहानले डा. थापाले देखेको सपनालाई पुरा गर्ने प्रतिवद्धता समेत जनाए ।

विभिन्न प्रोजेट मार्फत समाज विकासमा थापाले महत्वपुुर्ण योगदान पु¥याउनुभएको नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सचिव कृष्ण प्रसाद खनालले बताए । जिल्लाका ६१ वटै वडाका अधुरा रहेका काम पूरा गरे मात्र डा. थापाको सपना पूरा हुने खनालले बताए । विभिन्न जिल्लामा आयआर्जन गरिवी निवारण खानेपानी सिचाँइ जस्ता काम गरेको उनले बताए । यस्तै खनालले डा. थापा जिल्लाको मात्र नेता नभइ राष्ट्रकै नेता रहेको बताए ।

नेकपा माओवादि केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विकले डा. दुमन सिंह थापाले देखेको सपनालाइ ५ दलिय गठबन्धनले पूरा गर्ने बताए । थापाले देश विकासको क्षेत्र मात्र नभई तत्कालिन अवस्थामा रहेको द्धन्द र त्यसको व्यवस्थापनको लागि बनेको मिसन काटर सेन्टर अमेरिकी राष्ट्रपटि जिमि काटरको नेपाल प्रतिनिधी भएर काम गरेको उनले बताए । विभिन्न राजनैतिक दल सँग समन्वय र द्धन्द व्यवस्थापनमा उनको महत्वपुर्ण योगदान रहेको वि.कले बताए ।

शोक सभामा मन्तव्य राख्ने सबै राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले यो गठबन्धन नटुट्ने बताए । अहिलेको गठबन्धन स्थानिय तहको चुनावमा मिलेर जाने समेत बताए ।

यस्तै शोक सभामा अनेरास्ववियूका केन्द्रीय सचिव तथा नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका सदस्य नारायण शर्माले डा. दुमन सिंह थापाको संक्षेपमा जीवनी बताएका थिए । उनि डां. दुमन सिंह थापा संविधान सभा सदस्य रहदा सकिय सचिव रहेका थिए ।

शोक तथा श्रद्धाञ्जली सभा नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता तथा सचिव युवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (13%)
  • दुःखी (75%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै