गठबन्धन सरकार पूरा समय टिक्छः अध्यक्ष नेपाल

१९ माघ, काठमाण्डाै । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गर्नुभएको छ ।

आज बुधवार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वत्नत्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गर्नुभएको हो । उहाँले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको चुनावमा गठबन्धन सरकारले मिलेर प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी जनताका निम्ति राजनीति गरेका छौँ । समाजवादको यात्रामा अघि बढिरहेका छौँ । पाँच दलीय गठबन्धन निर्माण गरेका छौँ । दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजे पनि गठबन्धन टुट्नेवाला छैन । पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्य कुरा के हो भनेर पनि छलफल गरेका छौँ । तर मनगढन्ते कुराहरू धेरै आएका रहेछन् । यी सबै कुरामा कुनै पनि सत्यता छैन । यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिबद्धता जनाएका छौँ । जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हितलाई केन्द्रविन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने सोच, नीति अवलम्बन गर्दै आएका छौँ । यही सन्दर्भमा तपाईँहरूलाई थाहा छ, हामीले एकपछि अर्को महत्त्वपूर्ण सफलता पनि हासिल गरिरहेका छौँ । संविधान जोगाएका छाैँ । लोकतन्त्र बचाएका छौँ । सङ्घीयताको रक्षा गरेका छौँ । देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकाले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरूप देख्नेछौँ ।’

अध्यक्ष नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता भएको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img