कविता

प्रेम

# बल राना
मालारानी -६

जब देख्छु जून
तब तिम्रो सम्झना आउँछ
सम्झनाले मात्र पनि
अझ मुटु जोड जोडले धड्किन मद्दत गर्दछ
नत्र मुटु शिथिल प्राय: थियो

जब नाम सुन्छु कतैबाट
कसैसँग हुबहु मिल्न जान्छ
तब मेरो अनुहार अझ उज्यालो हुन्छ
नत्र अनुहार निभ्न थालेको दियो जस्तै थियो ।

दिनभरको टटन्लापुर घामले
अैलाएको प्याउली फूल जस्तै थियो मन
अकस्मात् तिम्रो तस्वीर देखें
बिहान तरोताजा भएको कोपिला जस्तै भएँ ।

जब चर्चा हुन्छ जवानीको
डाँडामा हावाले हानिरहेको पोथ्राजस्तै हुन्छु
विगत सम्झेर रोमाञ्चित हुन्छु
त्यतिकै उत्साहित हुन्छु
पुरानै प्रेमस्थलमा भेटौं लाग्छ
मन त रप्तारमा दौडिहाल्छ

जब गुलाफ कतै फुलेको देख्छु
हत्पत्त टिप्छु
देवताको थपना मानेजस्तै कुनै ढुङ्गालाई
मेरो घरमा त्यस्तो चीज छ
त्यो तिम्रो नामको मान्छु
त्यहीँ चढाउँछु फूल
चढाउँछु मन
त्यो प्रतिमामा
तब मेरो प्राण प्रस्तिष्ठा हुन्छ
त्यो मन्त्र हो मेरो प्रेम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img