शिक्षा विधेयक विरुद्ध शिक्षक आन्दोलित

नवीन रसाइली अर्घाखाँची । विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्था प्रति असन्तुष्टी जनाउँदै शिक्षकहरु आन्दोलित भएका छन् । शिक्षा विधेयक शिक्षकको हित विपरीत भएको बताउँदै देशभरका शिक्षकहरु आन्दोलित भएका हुन ।

गत बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए । विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने, शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध लगाउने र सरकारी विद्यालयले शुल्क लिन नपाउने लगायतका प्रावधान प्रस्ताव गरिएको छ ।

यस्तै यो शिक्षा ऐन प्रारम्भ हुँदाको बखत कायम रहेका राहत शिक्षक, शिक्षक अनुदान कोटा र विशेष शिक्षा प्राविधिक शिक्षक तथा प्रशिक्षक कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने प्रस्ताव गरेको छ । यसरी विभिन्न राजनैतिक दलको आडमा नियुक्त भएका शिक्षकलाई स्थायी गर्न माग गर्नु गलत भएको शिक्षक महासंघका नेताहरूले बताएका छन् । यसले गर्दा योग्य र सक्षम व्यक्तिलाई नियुक्ति हुने बाटो छेक्ने पनि बताएका छन् ।

शिक्षा ऐेन २०८० संसदमा पेश भएपछि देशभरका शिक्षक आन्दोलनरत छन् । विधेयकमा शिक्षकको सरुवा, बढुवाको भूमिका स्थानीय तहलाई दिएको छ । एक शिक्षक अन्य विद्यालयमा जान चाहेमा स्थानीय तहको सहमतिमा सरुवा हुने छ तर शिक्षकहरुले भने यो अधिकार संघ अन्तर्गतको जिल्ला शिक्षा कार्यालयलाई दिनपर्ने माग गरेका छन् । विधेयकमा भने शिक्षा कार्यालय पुनःस्थापन गरिने बताइएको छ ।

आज मंगलबार अर्घाखाँचीबाट नेपाल शिक्षक महासंघका शिक्षकहरु महासंघद्वारा घोषित सडक आन्दोलनमा भाग लिन काठमाडौं तिर लागेका छन् । जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थाननगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत करिब १५० भन्दा धेरै शिक्षकहरु आन्दोलनका लागि काठमाडौं प्रस्थान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img