गुल्मी: टायर बालेर आन्दोलन गर्दा दुईजना घाइते

लक्ष्मण घिमिरे गुल्मी । गुल्मी अस्पताल र पिडित पक्षबीच समझदारी नबन्दा गुल्मी अस्पतालमा मंगलवार दिनभर तनावको स्थिती सृजना भयो ।

सामान्य पेट दुखेर अस्पताल गएकी बालिकाको मृत्यु भएपछी आफन्तजनले अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै शव उठाउन नमानेपछी घटना जटिल बनेको छ । दिनभर आफन्तहरुले प्रदर्शन गरेपछि अस्पताल अशान्त बन्न पुग्यो ।

अस्पताल प्रशासान र मृतकका आफन्तजन बिच भएको छलफल सकारात्मक नभएपछी जिल्ला प्रशासन कार्यालयमा वार्ता बसेर छानबिन समिति बनाउने निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको लापरवाहीका कारणले मृत्यु भएको भन्दै बालिकाका आफन्त सहितले बिहानैदेखि आन्दोलन गरिरहेका छन् । समस्या समधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा छलफल भइरहेको छ ।

टायर बालेर प्रदर्शन गर्दा दुई घाईते
छानबिनको माग गर्दै आन्दोलन गर्ने क्रममा २ जना युवा घाइते भएका छन् ।

प्रशासन कार्यालय अँगाडी नाराबाजी गर्दै टायर बाल्ने क्रममा आगो शरिरमा सल्किएपछी अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ का लक्ष्मण पाण्डे र वडा नम्बर ८ का कृष्ण पौडेल जलेर घाइते भएका हुन् ।

पेट्रोल खनाएर टायर बाल्ने क्रममा ति युवाहरुको शरिरमा पेट्रोल परेको थियो । उनिहरुलाई थप उपचारको पाल्पा पठाईएको छ ।

के भएको थियो घटना ?
सोमवार दिउँसो सामान्य पेट दुखेर अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेका राजेश मरासिनीले आफ्नी ७ वर्षिय छोरी प्रशंसालाई लिएर गुल्मी अस्पताल पुगे । उपचारको क्रममा अस्पतालमै बच्चाले बान्ता गरेपछि उनलाई भर्ना गरिएको थियो ।

अर्घाखाँची–७, भगवतीका मेघराज पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । आज (मंगलवार) बिहान ६ बजेको समयमा बच्चा निदाएका बेला उठाएर सुई मार्फत औषधी दिइएको थियो । त्यसपछी उनी बेहोस भईन् । सुई लगाएपछी बेहोस भएकी प्रशंसा फेरी ब्युझिन सकिनन् ।

बालिका बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेपनि तर नर्सहरूले समयमै डाक्टर नबोलाउँदा घटना घटेको आफन्तजनको आरोप छ । सामान्य पेट दुखेको बच्चा अस्पताल लगेपछी स्वास्थ्य अवस्था सुधारात्मक रहेका बेला लाहापरवाहीले गर्दा सुई लगाएको केही समयमै बच्चाको ज्यान गएको उनिहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img