अर्घाखाँचीका प्रजिअ अर्यालको भैरहवामा सरुवा, ट्रेड युनियनहरुद्वारा संयुक्त रूपमा बिदाई

अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्यालको भैरहवामा सरुवा भएको छ । गृह मन्त्रालयको जेठ २ गतेको निर्णयबाट अध्यागमन कार्यालय गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा सरुवा भएको हो । सुरुवा भएका प्रजिअ अर्याललाई शुक्रबार आधिकारिक ट्रेड युनियन लगायत अन्य ट्रेड युनियनहरुले संयुक्तरुपमा विदई गरेका हुन्। ४ महिना अघि मात्र अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा सरुवा भएको थियो ।

बिदाई कार्यक्रममा मन्तव्य राख्दै प्रजिअ अर्यालले जिल्लामा रहँदा विभिन्न निकाय, संघसंस्था, कर्मचारी, आम जनसमुदायबाट राम्रो साथ सहयोग रहेको बताइन् । अर्यालले अर्घाखाँचीको चा महिने कार्यकाल अविस्मरणीय रहेको समेत बताउदै सम्पूर्ण जिल्लाबासी नागरिकलाई धन्यवाद तथा आभार व्यक्त गरिन् । यस्तै उनले जिल्लामा रहेका आधिकारिक ट्रेड युनियन र अन्य ट्रेड युनियनलाई आगामी दिनहरूमा पनि यसरी नै सकारात्मक र रचनात्मक क्रियाकलाप गर्न आग्रह गर्दै शुभकामना दिइन् ।

अर्घाखाँचीमा अर्याल पहिलो महिला प्रजिअ हुन् । उनले जिल्लामा रहँदा धेरै उदाहरणीय कार्यहरु गरेको ट्रेड युनियनहरुका अध्यक्ष तथा पदाधिकारीहरुले बताए । जिल्लामा ट्रेड युनियनले संचालन गरेको सेवाग्राहीको अभिवादन कार्यक्रमलाई कार्यालय प्रमुखको वैठकबाट निर्णय गराई लागु गराएकी उनिहरुले बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, संगठनका गणेश प्रसाद भण्डारी, राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष पूर्ण प्रसाद पराजुली, संगठनका जिल्ला सचिव माधव भुसाल, अस्थायी तथा ज्यालादारीका लुम्बिनी प्रदेशक उपाध्यक्ष सुदिप जि.सी. लगायत ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसैबीच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले जिल्लाबाट आन्तरिक राजस्व कार्यालय बुटवलमा सरुवा भएका कर अधिकृत कमल सुवेदी र भैरहवा लुम्बिनी भूमीगत जलसिंचाई व्यवस्थापन कार्यालयमा सरुवा भएका क.अ. जगदिश्वर पाण्डेकोलाई बिदाई गरेको थियो भने जिल्ला हुलाक कार्यालयमा लोकसेवा बाट नयाँ सिफारिस भई आएका खरिदार कृष्ण प्रसाद ज्ञवालीलाई स्वागत गरेको थियो ।

कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी मिना अर्यालको प्रमुख आतिथ्यता र सिबिएका सह-सचिव नारायण दमासेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img