मालारानीमा निःशुल्क औषधी वितरण

नविन रसाईली अर्घाखाँची । मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि पदभार ग्रहणको क्रममा दिर्घ रोगीलाई नि:शुल्क औषधी वितरण गर्ने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष भट्टराईले गरेको निशुल्क औषधी वितरणको प्रतिबद्धता अहिले औपचारिक रुपमा शुभारम्भ भएको छ । सोमबार मालारानी गाउँपालिकाका सबै वडाहरुमा रहेका स्वास्थ्य संस्थाबाट दिर्घरोगीलाई निशुल्क औषधी वितरण गरियो । औषधी उच्च रक्त चाप, मधुमेह र क्षारे रोगका बिरामीहरुलाई वितरण गरिएको हो ।

उपाध्यक्ष दिपा पोख्रेल औषधी वितरण गर्दै

मालारानी ४ खनमा रहेको स्वास्थ्य चौकीमा अध्यक्ष भट्टराई आफैले औषधी वितरण गरि कार्यक्रमको सुभारम्भ गरेका थिए । औषधी वितरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष भट्टराईले दिर्घरोगीहरूलाइ यो कार्यक्रम फलदायी रहने बताउदै कार्यक्रमको प्रभावकारिताको आधारमा आगामी दिनमा निरन्तर रूपमा संचालन गरिने बताए । “दिर्घरोगीहरुलाई यो कार्यक्रमले सहयोग पु¥याउने छ” उनले भने “पालिकामा रहेका दिर्घरोगीहरुको समस्यालाई मध्यनजर गर्दै हामीले यो कार्यक्रमको सुरुवात गरेका हौं, यसको प्रभावकारी कार्यन्वयन हुनेमा हामी विश्वस्त छौं ।”

यस्तै मालारानी ३ को स्वास्थ्य चौकीमा उपाध्यक्ष दिपा पोख्रेल र अन्य वडाहरुमा सम्बन्धीत वडा अध्यक्षहरुले बिरामीलाई औषधी वितरण गरि कार्यक्रमको सुभारम्भ गरेका थिए । औषधी प्रत्येक महिनाको १० गते र २५ गते गरि दुई चरणमा वितरण गरिने मालारानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालले जानकारी दिए । खनालले बिरामी आफ्नो वडाको स्वास्थ्य संस्थामा गएर औषधी लिन सक्ने बताए । उनले भने “बिरामी आफै स्वास्थ्य संस्थामा जानुपर्ने छ, यदि जान नसक्ने अवस्था भएको अवसरमा डाक्टरले दिएको कार्ड र परिचय खुल्ने कागजात लिएर उहाँका आफन्त जान सक्नेछन् ।”

वडा नं. ६ का वडा अध्यक्ष नारायण अर्याल औषधी वितरण गर्दै

औषधी सर्वधारण सम्म पुग्न सके कार्यक्रम प्रभावकारी हुने थियो । गाउँपालिकाले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तर दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img