शारदा आधारभूत विद्यालयको ४६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ६ साकिन्धारामा रहेको श्री शारदा आधारभूत विद्यालयको ४६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ । सनिवार विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव कार्यक्रम मनाइएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै मालारानी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नारायण प्रसाद अर्यालले विद्यालयको व्यवस्थापनमा अझ बढी शसंंक्त रुपमा लाग्ने बताए । उनले गाउँका विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण घट्दै गएको उल्लेख गर्दै विद्यार्थीलाई गाउँ कै विद्यालयमा पढ्न आकर्षण हुने खालका कार्यक्रमहरु अघि सार्ने बताए । उनले भने “शारदा आधारभूत विद्यालयको इतिहास लामो छ, यहि विद्यालयमा अध्ययन गरेर विद्यार्थीहरु आज डाक्टर, मास्टर भइसके अहिले यस विद्यालयमा अध्ययन गर्नेको संख्या कम भएको छ, अब यो विद्यालयलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यक छ ।”

करिब ६० जना विद्यार्थी संख्या रहेको शारदा आधारभूत विद्यालयको वार्षिकोत्सवमा अभिभावकको लागि कुर्चि दौड प्रतियोगिता राखिएको थियो । अभिभावक अन्तर्गतको कुर्सी दौडमा फुलमाया विक प्रथम भएकी थिइन । यस्तै विद्यार्थीहरुका लागि राखिएको घैटोफोर प्रतियोगितामा छात्र तर्फ सन्देश विक, छात्रा तर्फ अनुस्का विक प्रथम भएकी थिइन् । विद्यार्थीहरुका लागि बेलुन ब्याष्ट प्रतियोगिता पनि राखिएको थियो जसमा प्रथम विकास घ.म र जालान्धर श्रीस भएका शिक्षक कमल खत्रीले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति सदस्य रेम बहादुर राना, मालारानी ६ का वडा सदस्य लालु राना, नुम बहादुर घ.म, रेश्मी विक लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुन्ज बहादुर ठकुरीको अध्यक्षता, शिक्षिका कौशिला थापाको स्वागत मन्तव्य र शिक्षक कमल खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै