हृदय भुसाल अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाड न १ ढाकाबाङमा रहेको बालशिक्षा माध्यमिक बिधालयले बिबिध कार्यक्रम गरि ४८ औं बार्शिक उत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अथिती एबम पुर्ब उपप्रधानमन्त्री मन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्ला बिधुत र खानेपानीमा आत्मनिर्भर भएको भन्दै अबका दिनमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्ने बताए । सासद रायमाझीले अब गुणस्तरिय शिक्षा र गाउँमै स्वरोजगार श्रीजना गर्नु पर्ने भन्दै अब बिकास र समृद्धिको लागी योजनाबद्व रुपमा काम गर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले शिक्षाको बिकास बिना समग्र समाजको बिकास अगाडी बढ्न नसक्ने भन्दै सबैले एक भयर बिकासको काममा लाग्नु पर्ने बताईन

।कार्यक्रमका विशेष अथिती नगर प्रमुख झबिलाल थापाले शिक्षाको बिकासका लागी शिक्षक अबिभाबक बिद्यार्थी र अन्य सरोकारवाला निकाए सबैको भुमिका महत्त्वपूर्ण हुने बताए । प्रमुख थापाले नगर सभा मार्फत नयाँ कार्यक्रमको रुपमा सबै बिधालयमा नगरपालिका भन्ने कार्यक्रम अगाडि बढाएको बताए । प्रमुख थापाले बिधालय सबैको साझा मन्दिर भएको हुँदा यो मदिरमा सबैको साथ सहयोगका साथै ज्ञान,सीप र अनुभव लाई प्रयोग गर्नु पर्ने भन्दै नैतिक शिक्षा र अनुसाशन आरणलाई ख्याल गर्दै सबै पक्ष जिम्मेवार हुदै अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे,जिल्ला शिक्षा बिकास समन्वय एकाई प्रमुख मनिराम पराजुली,नगर शिक्षा अधिकृत तुबलाल सापकोटा, वाड अध्यक्ष गोपाल खनाल,पत्रकार महासंघका जिल्ला सह सचीव हृदय कुमार भुसाल,पुर्ब प्रअहरु खडान्द खनाल,रिसिराम बिष्ट लगायतले सुभकामना मनतब्य राखेका थिए । बार्शिक उत्सब कार्यक्रममा बिधालयका प्रधानध्यापक युबराज खनालले बार्शिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

उत्सबको अबसरमा सरस्वती पुजा विभिन्न सागितिक कार्यक्रम प्रस्तुत गर्नुका साथै बिधालयको बिकासमा विभिन्न तबरले सहयोग गर्ने ब्यक्तित्वलाई सम्मान गरिएको बिधालयले जनाएको छ कार्यक्रममा पत्रकार गोपाल भट्टराई,माधब खनाल, बाबुराम खनाल लगायतका राजनैतिक दल, बिब्यस सदस्यहरु,समाजसेबि,शिक्षाप्रेमी जनप्रतिनिधि कर्मचारीहरुको आथीत्यता रहेको थियो ।कार्यक्रम बिधालय ब्यबस्थापन समिति अध्यक्ष कासीराम गमालको अध्यक्षता,शिक्षक लक्ष्मण खनालको स्वागत तथा बिधालयका सहायक प्रअ चेत बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो


























