महिला राष्ट्रिय क्रिकेटको उपाधि जित्यो सुदूरपश्चिमले

इटहरी : महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ। आज (शनिबार) भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि कब्जा गरेको हो।

जितका लागि प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले निर्धारित ओभरको एक बल अगावै ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित रहँदै सर्वाधिक २७ रनको योगदान गरिन्। डोली भट्टले २२ तथा कविता जोशीले अविजित १९ तथा कविता कुँवरले १२ रन जोडिन्।

त्यसअघि इटहरीको जनता क्रिकेट पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०१ रन बनाएको थियो। प्रदेश १ का लागि काजल श्रेष्ठले अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान गरिन्। अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले क्रमशः १५ र १४ रन जोडे।

बलिङतर्फ मनिषा चौधरीले सर्वाधिक २ विकेट लिँदा ऋतु कनोजियाले १ विकेट हात पारिन्। उपाधिसँगै सुदूरपश्चिम प्रदेशले ५ लाख नगद पुरस्कार हात पारेको छ भने उपविजेतामा सीमित प्रदेश १ ले ३ लाख रूपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै