भुमिकास्थान नगरपालिकाद्वारा महिला कृषकलाई च्याउ खेती तालिम

हृदय भुसाल अर्घाखाची । भुमिकास्थान नगरपालिकाको कार्यालयले महिला कृषानहरुका लागी ३ दिने च्याउ खेती सम्बन्धी तालिम नगरपालिको कार्यालयमा सम्पन्न गरेको छ ।

माग ४,५र ६ गते संचालन भएको तालिममा नगरभरका १० वटै वाडरुका ३० जना अगुवा महिला कृषानहरुलाई प्रभावकारी तालिम संचालन गरेको महिला तथा बालवालिका शाखा प्रमुख शान्ता आचार्यले बताईन् ।

तालिमको समापन गर्दे नगर प्रमुख झबिलाल थापाले महिलाहरुलाई आत्मनिर्भर र उद्धमी बनाउने उदेश्यका साथ नगरपालिकाले बिभिन्न कार्यक्रम संचालन गरेको बताए । प्रमुख थापाले भने‘,हामी महिलाहरुको शिप,ज्ञान,र अनुभवलाई थप वृद्धि गरि उत्पादन कार्यमा जोड्ने काम गर्दे छौ,माग र आबश्यकताको आधार मा कृषीको क्षेत्रमा यो बर्ष पनि धेरै कार्यक्रम अगाडी बढाएका छौ,कृषिमा आत्मनिर्भर भई बिभिन्न बस्तुहरुको पकेट क्षेत्र बनाई उत्पादित बस्तु अरुलाई बेच्ने गरी काम गर्न चाहान्छौ,बजेट कम भए पनि हामीहरु सवैलाई रोजगारी र उत्पादनमा कसरी जोड्न सकिन्छ भनेर लागीका छौ, प्रमुख थापाले भने’ ।

नगर उपप्रमुख बालकृष्ण बन्जाडेले कृषकलाई आधुनिक,ब्यवासायीक र उत्पादनमखी बनाउने गरि नगरको टिम नै लागी रहेको बताए । बन्जाडेले भने,‘कृषानका गुनासो,समस्या आबश्यकताहरु धेरै छन्, । सवै एकै पटक सामाधान गर्न समस्या होला तर पनि हामी एउटा सिमन बाट अगाडी बढेका छौ, कृषान र कृषी पेशा हाम्रो नगरको प्रम्ख प्राथमिकताको बिषय बनेको छ’ ।

तालिममा नगरपालिका निमितः प्रमुख प्रशासकिय अधिकृत तुवलाल सावकोटले तालिममा सिकेको सिपलाई ब्यवहारमा लागु गरि उत्पादनमा बृद्धि गरि महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताए ।

तालिमको सहजीकरण योजना तथा कार्यक्रम शाखा प्रमुख हरिशचन्द« भुसाल,कृषी शाखाको प्रमुख राम बहादुर थापा,शान्ता आचार्य लगायतले गरेको महिला शाखाले जानकारी दिएको छ ।

तालिममा सहभागीहरुको सक्रीय सहभागीताले कृषी क्षेत्रमा थप टेवा पुग्ने देखिएको प्रशिक्षक तथा कृषी शाखाका प्रमुख राम बहादरु थापाले बताए । थापाले भने,‘महिला दिदिबहिनी हरुमा जुन उत्साह छ,त्यसमा नगरपालिकाको सधै साथ छ,यसले आर्थिक बृद्धि र उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने छ’।

तालिममा नयँ प्रबिधी सहितको सिकाईले थप ज्ञान समेत हाशिल गर्न सफल भएको प्रशिक्षार्थी महिला कृषक भुमिकास्थान नगरपालिका वाड ८ निवासी सरस्वता पाण्डेले बताईन् । कृषक पाण्डेले भनिन,‘नगरले हामीहरुलाई यस्तो तालिम समय समयमा दियो भने हौशला र ज्ञान दुवै हुनेछ, यो तालिम बाट थप उर्जा मिलेको छ’।

तालिम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता महिला बिकाश शाखा प्रमुख शान्ता आचार्यको संचालनमा सम्पन्न भएको पत्रकार हृदय भुसालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img