अर्घाखाँचीः तिन महिलाको हत्या गर्ने सिरियल किलर पक्राउ

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लामा तिन महिलाको हत्या गर्ने भारतिय सिरियल किलर पक्राउ परेका छन् । तिन जिल्ला अर्घाखाँची, गुल्मि र कपिलवस्तुका तिन महिलाको हत्या गरेको आरोपमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको पौष १७ गते बिहान करिब ९ः०० बजेको समयमा अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापाको सिंहले हत्या गरेका थिए । हत्या गरेर भाग्ने क्रममा सिंहलाई सोही दिन प्रहरीले जंगलमा पक्राउ गरेको थियो । पक्राउ पछि अनुशन्धानको क्रममा उनले श्रीमति सँग मिलेर योजना बनाइ हत्या गरेको बताएपछि प्रहरीले श्रीमति २२ वर्षीय शिवा परियारलाई पनि पक्राउ गरेको छ ।

यस अघि शिंहले गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताए ।

सिंह दम्पत्तिले श्रंखलाबद्ध रुपमा योजना बनाई महिलाहरुको हत्या गरेर गरगहना तथा नगत लट्न काम गर्दै आएको अनुसन्धानको क्रममा खुलेको छ । अनुसन्धानमा जो महिला घरमा एक्लै छन्, जो बृद्धा महिला छन्, जो सँग गहना तथा पैसा छ् त्यस्ता महिलाको हत्या गर्दै आएको पनि खुलेको छ ।

पक्राउ परेका सिंह दम्पितिलाई आइतबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । उनिहरुको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img