अर्घाखाँचीः महिलाको हत्या गरि भागेका भारतीय नागरिक पक्राउ

अर्घाखाँची । यहि पौष १७ गते अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नंं १० सिद्धारा, बहखोरकी राधा थापा सधै झै बिहान नजिकैको डुम्रीपाटा गाउँमा दुध लिन हिडिन् । उनले गाउँमै सानो होटल व्यवसाय संचालन गरेकोले चिया बनाउन दुध आवश्यक पथ्र्याे । थापाको सधै बिहानमा दुध लिन जाने दैनिकी बनेको थियो । सदा सवेरै दुध लिएर फर्कने राधा त्यस दिन ९ बजेसम्म फर्किनन् ।

अवेरसम्म पसल नखुल्दा स्थानिय तथा आफन्तले खोजी गर्न फोन गरे तर राधा दुध लिने ठाउँमा नपुगेको भन्ने खबर पाएपछि उनिहरुले बोटोमा खोज्दै गए । खोज्दै जाँदा बाटो भन्दा करिव १५ मिटर तल खोल्सामा मृत फेला पारे । स्थानियले मृत अवस्थामा भेटेपछी तुरुन्तै प्रहरीलाई खबर गरे ।

घटनास्थलमा प्रहरी टोली पुगेर मृतक लाशको अवस्था हेर्दा हत्या भएको हुन सक्ने आशंका ग¥यो । मृतक महिलाको टाउकोमा गहिरो चोट लागेको देखियो । आशंका पछि प्रहरीले अनुसन्धानलाई अघि बढायो । अनुसन्धान गर्दै जाँदा सोही दिन दिउँसो करिव २ः३० बजेको समयमा सितगंगाको मुन्द्रिवास जंगलमा हत्या गरेर भागी लुकिछिपि बसेको अवस्थामा भारतीय नागरिक २३ वर्षीय सुशान्त सिंहलाई प्रहरीले पक्राउ ग¥यो ।

प्रक्राउ पछि सोधपुछ गर्दा गहना लुट्नको लागि हत्या गरेको अनुसन्धानमा खुलेको जानकारी प्राप्त भएको छ । ‘मेरो बिवाह मृतक महिलाको घर नजिकै भएको छ, म ससुराली आउँदा महिलाले धेरै गहना लगाएको देखेको थिए, पौष १६ गते लुट्ने योजना बनाई म ससुरालीमा बस्न आए, ससुराली एकान्तमा थियो, अर्को दिन बिहान करिव ५ः३० बजेको समयमा उठेर महिला दुध लिन जाने बाटोको जंगलको खोल्सामा कुरेर बसे, महिला दुध लिन गएको अवस्थामा पछाडीबाट ढुंगाले, र हसियाले हाने ।’ अनुसन्धानको क्रममा भनेका छन् ।

सिंहले ६० वर्षिया राधा थापाको शरीरबाट कानमा लगाउने मडहरी, सिक्री लगायतका सुनका गरगहना लुटेर लगेको स्थानीय माधव पौडेलले बताए । सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img