अर्घाखाँचीः सन्धिखर्कमा बास्केटबल कोर्टको उद्घाटन

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा बास्केट बल खेल्नको लागि बनाइएको कोर्टको उद्घाटन भएको छ । सोमबार सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रंसाद श्रेष्ठ र निवर्तमान नगर प्रमुख कमल प्रसाद भुसालले बास्केटबल कोर्टको विधिवत रुपमा उद्घाटन गर्नुभएको हो ।

बास्केटबल कोर्टको उद्घाटन गर्दै नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेललाई अभियानमा जोडेको बताउनुभयो । उहाँले शरिर स्वस्थ रहनका लागि खेलकुद पनि उत्तिकै महत्वपुर्ण रहने बताउदै कोर्ट निमार्ण भएपछि सन्धिखर्कमा बास्केटबल खेल्ने खेलाडीहरु उत्पादन हुने समेत बताउनुभयो । श्रेष्ठले खेललाई सार्थक बनाउनको लागि नगरपालिका सदैभ साथमा रहने पनि बताउनुभयो ।

उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य, निवर्तमान उपप्रमुख ठाकुर कुमार वि.क, सन्धिखर्क नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोतिजंग रायमाझी, जिल्ला खेलकुद विकास समिती अध्यक्ष विष्णु क्षेत्री, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे लगायत विभिन्न कार्यालय तथा संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

बास्केटबल संघ अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रम बास्केटबल संघ अर्घाखाँचीका अध्यक्ष राम बहादुर परियारको अध्यक्षता, कोषध्यक्ष कमला भण्डारीको स्वागत मन्तव्य र बास्केटबल संघ अर्घाखाँचीका सचिवको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै