बराहनेटा आधारभुद विद्यालय कक्षा ७ का विद्यार्थीले गणित विषय पढ्न पाएनन्

नविन रसाईली अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ३ मा रहेको श्री बराहनेटा आधारभुद विद्यालय कक्षा ७ मा गणित विषय पढाइ भएको छैन् । ०७९ सालको शैक्षिक शत्र सुरु भए देखि नै कक्षा ७ मा गणित विषय पढाइ नभएको विद्यालयले जनाएको छ ।

बराहनेटामा कक्षा ७ मा २३ जना विद्यार्थीहरुले अध्ययन गर्छन् । यस अघिका शैक्षिक शत्रमा विज्ञान पढाउने शिक्षकले गणित विषय पढाउने गरेकोमा यस वर्ष त्यो पनि कार्यान्वयन नभएपछि विद्यार्थीहरुले गणित पढ्न नपाएका विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद आचार्यले बताए । विद्यालयमा विषयगत शिक्षकको अभाव भएपछि विद्यार्थीले गणित विषय नपढि परिक्षा दिनुपर्ने बाध्यता आएको हो ।

विगतका वर्षहरुमा झै विज्ञान शिक्षकलाई गणित विषय पढाउन अनुरोध गर्दा समेत विज्ञान शिक्षकले गणित आफुले नपढाउने बताएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले पढ्न नपाएपछि भविष्य अन्योलमा परेको भन्दै चिन्ता व्यक्त गरे । ‘अरु विषयको पढाई अब सकिन लाग्यो तर गणितको सुरु नै भएको छैन् ।’ विद्यार्थीले भने ।

सन्धिखर्क नगरपालिकाले गणित विषय अध्यापनको लागि परिपत्र गरेको जनाएको छ । सोही विद्यालयमा कार्यरत शिक्षक सुदिप के.सीलाई गणित विषय पढाउन परिपत्र गरेको सन्धिखर्क नगरपालिका शिक्षा अधिकृत मञ्जु आचार्यले बताइन् । नगरपालिकाले परिपत्र गरेपनि शिक्षक सुदिप केसीले जिम्मेवारी पुरा नगरेको आचार्यले बताईन् ।
कुल १ सय ६० जना विद्यार्थी रहेको बराहनेटा आ.विमा हाल १२ जना शिक्षक कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img