बालिकालाई योन क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ

नविन रसाइली अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा १४ वर्षिय बालिकालाई यौन क्रियाकलापमा संलग्न गराउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हजुरआमा नाता पर्ने ४० वर्षकी महिलाले बालिकाको घर परिवारलाई पनि जानकारी नगराई चाउचाउ, विस्कुट खुवाउने आस्वासन तथा लोभलालच देखाई बालिकालाई यौन क्रियाकलापमा संलग्न गराएर केटाबाट पैसासमेत लिने गरेकी थिइन्।

महिलाको आग्रहमा बालिकालाई महिलाको घरमा, जंगलमा तथा अन्य स्थानमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा शितगंगा नगरपालिका-१४ का २२ वर्षिय ओम प्रकाश न्यौपाने र यौन क्रियाकलापमा संलग्न गराउने ४० वर्षिया महिलालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अमर बहादुर थापाले बताए।

त्यी बालिकाले कक्षा ६ मा अध्ययन गर्ने गरेको तर केही समय देखि विद्यालय जान छाडेको र उनि हजुर आमा सँगै बस्दै आएकोमा घरमा समेत बेला बेलामा बेपत्ता भई मध्य रातसम्म घर बाहिर रहने गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको जनाएको छ । यस्तै पिडितलाई उक्त कार्य कोही कसैलाई जानकारी गराएमा कुटपिट गर्ने, ज्यान मार्ने समेतको धम्की दिने गरेको तथा घटनामा अन्य ब्यक्तिहरुको संलग्नताका विषयमा अनुसन्धान भैरहेको प्रहरी प्रमुख थापाले बताए।

दुवै जनालाई पक्राउगरी मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरी अर्घाखाँची जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै