कविता

आगो चोर्ने हुटहुटी

#निम्बतरु।

 

प्रमिथसमा जस्तै ममा पनि आगो चोर्ने हुटहुटी जाग्छ

रातको बाह्रबजे उठेर कत्तिचोटि पुगेको छु

खोस्ने तयारीमा कत्ति कोसिस गरेको छु

अग्निदेवताको अगेनाछेउ।

 

केही समय पहिले

म आगो पैंचो माग्न पुगेको थेँ अग्निदेवताको छेउ

पैचो पनि दिन नसकिने गरि रित्तिएर कोइला कोट्याउदै

भन्दै थे आगो पैचो लानेले फिर्ता गरेनन्

भस्म लिएर फर्के

खरानी पनि आफू दलेर हिँडे पैचो लानेहरु

चिंगारी लिएर फर्केलान् छैन्

फिलिंगो फिर्ता देलान् छैन् ।

 

ल्यौकाट चरो जस्तो भए यहाँका केही मान्छेहरु

जो बलेको आगो खाएर कोइला बिष्ट्याउँछन्।

 

आगो चोरेर तिन्लाई खरानी बनाउनु थियो,

आगो पैंचो लिएर तिन्लाई आहुति दिनु थियो

जो सातवटा मुख र सात वटा जिब्रोले

हाँक दिइरहेथे आगोलाई नै

यही थियो मेरो अभिप्राय आगो चोर्नुको

तर म आफै खरानी

आगो माग्नुको कुनै तात्पर्य नरहला

तथापि म आगोको धुलो हुँ लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै