कविता

अराजक देवता

 

निम्बतरु

 

देवताको वाहन सम्म भएको भए म

नक्कली सिङ हालेर भएपनि

तिनीहरलाई  जात्रामा झैं ढुङ्गामुढा गरिसक्थें

रातभर रथ तानातान गर्दा

जात्रालु जहाँ थाक्छन्

तान्नेको कोरमम पुग्दैन

तब जहाँको तहीँ भताभुङ्ग छोडिन्छ

सम्बन्धित ठाउँमा नपुग्दै देश पनि अलपत्र

 

आज रातभर गणेशको वाहन एक सिँगे मुसाले

घरभरि बिध्वंस

उता बिहानभर शिवको वाहन साँढेले

पाक्न लागेको बाली सोत्तर

भैरवको वाहन कुकुरले भित्तै पिच्छे जलअभिषेक गरेछ

 

एक दिन देवीदेवताका वाहनहरुको सम्मेलन रहेछ

म रुखको आड लगाएर हेरिबसें

यमराजको वाहन भैंसी

इन्द्रको वाहन हात्ती

लक्ष्मीको वाहन उल्लु

कालरात्रीको  गधा

कुबेरको बेइमान वाहन मानिस

सूर्यको घोडा

अग्निको बाख्रो

इत्यादि को इत्यादि

टोकाटोक हानाहान गरिरहेथे

देवता अराजक भएजस्तो

वाहन नै देवता भएजस्तो

अराजकता देखाइरहेथे

तब देश बीचबाटामा नै भताभुङ्ग /अलपत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img