२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

कविता

Workplace

सोल्टिनी;देशान खाएको देह ।
———————–=—-===

देशान खाएको देह
तलाउमा खसेको जूनजस्तो काँपिरेको थियो ।

बन्देजभित्रको आगोजस्तो लप्किरहेथ्यो राप
हृदयको भङ्गालो भएर बगेको थियो वेदना
खर्ल्याङखुट्टीमा खै ! कहाँ पुगिन्छ
रथको एउटा पाङ्ग्रा भाँचिएपछि

देउरालीको बिसाउना अाइपुग्दा
आफूलाई छेकेको तगारोमा रुमाल देख्छ
काँडाले चापेको रुमाल

देशान देशान्तरले खाएको देह
भविष्य रित्तो देखेर रुन्छ मात्र

रोदीघरको छेउ पुग्दा
हृदय पोखिन्छ छताछुल्ल !
सम्झन्छ सोल्टिनी
चरक्क छाती चिरिन्छ
तर कसरी सकिन् सोल्टीलाई अलग गर्न ?

देशान खाएको देह
आफैमा मरणासन्न देखिन्थ्यो ।

#निम्बतरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

कविता

0

कविता

0

सत्तसिनो

0

पाखाभरि जून(कविता)

0
- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै