नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी ५ बाँगीमा रहेको श्री शान्ति माध्यमिक विद्यार्थीको स्तरोन्नति र विकासको लागि सबैले हातेमालो गर्न आवश्यक रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीले बताइन् । बिहीबार शान्ति मावि भूतपूर्व विद्यार्थी समाजको १८ औं वार्षिकोत्सब समारोहमा बोल्दै उनले अबको शिक्षा गुणस्तरीय र व्यवहारिक हुन आवश्यक रहेको जिकिर गरिन् । शान्ति माविले राजनीति, निजामती लगायतका धेरै क्षेत्रका जनशक्ति उत्पादन गरेकोले शान्ति मावि धन्यवादको पात्र समेत रहेको उनको भनाइ छ । ‘यहाँबाट अध्ययन गरेर जानुभएका विद्यार्थी अहिले विभिन्न स्थानमा दखल राखिरहनु भएको छ’ उनले भनिन् ‘शान्ति माविको विकासका लागि भूतपूर्व विद्यार्थीहरुको योगदान पनि निकै महत्त्वपूर्ण छ ।’
शान्ति माध्यमिक विद्यालयमा अहिले कम्प्युटर ईन्जिनियरिङ अध्यापन भइरहेको छ । यसले गर्दा जिल्लाका सबै वडाहरुबाट सदरमुकाम सन्धिखर्क तथा अन्य स्थानमा अध्ययन गर्न जाने गर्छन् भने शान्ति माविमा अन्य स्थानबाट प्राविधिक शिक्षा अध्ययन गर्न आउन्छन् । शान्ति माध्यमिक विद्यालयले आगामी वर्ष हिरक महोत्सव गर्दैन छ । हिरक महोत्सवको तयारीका लागि विद्यालय परिवार लागि परेको प्रधानाध्यापक मान बहादुर पाण्डेले जानकारी दिए ।
अर्घाखाँची जिल्ला मै पहिलोपटक भुतपुर्व विद्यार्थी समाजको स्थापना गर्ने विद्यालय शान्ति मावि रहेको समाजका संस्थापक अध्यक्ष ज्ञानु अभिकारिले बताए । अधिकारीले समाजले विगतमा गरेका काम, आगामी दिनुमा गर्नुपर्ने काम, भावि योजना लगायतमा केन्द्रित रहेर अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खड्का (उज्वल), जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख वा प्रतिनिधि, मालारानी गाउँपालिकाका प्रवक्ता तथा मालारानी ५ का वडा अध्यक्ष तुल्सीराम मिश्र (तिलक), लगायतका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, भुपु विद्यार्थी पुर्व अध्यक्षहरु, विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वार्षिक परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रा, छात्रलाई नगद पुरस्कार साथै प्रमाण पत्रद्बारा सम्मान गरिएकाे थियाे ।
यस्तै वार्षिकोत्सवकाे अवसरमा भुपु विद्यार्थी समाजकाे १३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । जसको अध्यक्षमा नारायण प्रसाद भुसाल, उपाध्यक्षमा नारायण भुसाल, सचिवमा नवीन केसि, काेषाध्यक्षमा बाबुराम रसाइली, सहसचिवमा चन्द्र बहादुर पाण्डे सदस्यहरुमा रण बहादुर बस्नेत, अशाेक चाैहान, विजय वि.क, मणिराम बस्नेत, जीवन भुसाल, महेन्द्र पन्थी, अपेक्षा खड्का र सिद्धार्थ आचार्य रहेका छन् ।
कार्यक्रम श्री शान्ति मावि भुपु विद्यार्थी समाजका अध्यक्ष गणेश खनालकाे अध्यक्षता, सचिव नारायण प्रसाद भुसालकाे संचालनमा सम्पन्न भएकाे थियो ।