नविन रसाईली अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरीले पाणिनी क्याम्पसको विकास सबैको साझा एजेण्डा बनाउनुपर्ने बताइन । सनिवार अर्घाखाँचीको सन्धिखर्कमा रहेको पाणिनी बहुमखी क्याम्पसको ३५ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले जिल्लाको शैक्षिक धरोहर भनेर चिनिने पाणिनी क्याम्पसको विकासमा राजनैतिक दल, जनप्रतिनिधी लगायत सबै एकजुट हुनुपर्ने बताइन । श्रीपालीले जिल्लाको विकासका लागि सधै नेतृत्व गरि जान तयार रहेको समेत जिकिर गरिन । “अहिले क्याम्पसमा देखिएका समस्याको समाधानका उपाय खोजी आगामी ३६ औं वार्षिकोत्सब सम्ममा ति समस्या विस्तारै समाधान हुनेछन्,” उनले भनिन् “जिल्लाको शैक्षिक धरोहर चलाउन गाह्रो भएको भन्ने कुरा अत्यन्त चिन्ताजनक छ, यसको समाधान तत्काल खोज्नुपर्छ ।”
पाणिनी क्याम्पस २०४५ असोज ६ गते स्थापना भएको थियो । अहिले ३५ औ वर्षमा प्रवेश गरेको छ । जिल्लामा सबैभन्दा ठुलो क्याम्पस पाणिनी क्याम्पस हो । पाणिनी क्याम्पस सामुदायिक क्याम्पसका रुपमा संचालन हुँदै आएको छ । जिल्लाका ग्रामिण क्षेत्रबाट सदरमुकाम अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि यो क्याम्पस शैक्षिक धरोहर मानिन्छ । पाणिनी क्याम्पसमा विगतमा भन्दा अहिले विद्यार्थीको संख्यामा कमि आएको क्याम्पसका निमित्त प्रमुख लक्ष्मण पोख्रेलले बताए । उनका अनुसार विद्यार्थीलाई क्याम्पसमा टिकाउन धौं धौं भएको छ । विगतमा ९ सय ५० देखि १ हजार विद्यार्थी हुँदै आएकोमा अहिले लगभग ८ सय ५० जना जति रहेका रहेका छन् । यसको प्रमुख कारण विद्यार्थीहरु अध्ययन गर्न बाहिरी देशमा जानु भएको पोख्रेलले बताए । यस्तै उनले क्याम्पस चलाउन निकै गाह्रो भएको जानकारी दिए । “क्याम्पस चलाउन निकै गाह्रो भएको छ, शिक्षकलाई तलव पनि दिन सक्ने अवस्था छैन्” उनले भने “क्याम्पस अहिले धेरै ऋणमा रहेको छ, त्यसमाथी विद्यालयका भवनहरु पनि जिण्र बन्दै गएका छन् ।”
अर्घाखाँची, गुल्मी, प्युठान लगायतका स्थानहरुबाट विद्यार्थी पाणिनी अध्यनन गर्न आउने गर्छन् । यति धेरै क्षेत्रलाई समेटने यस क्याम्पसको भौतिक, आर्थिक अवस्था निकै कमजोर भएको छ । प्रायः सबै स्थानिय शिक्षकहरु भएकै कारण क्याम्पस जनतन चलेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । यति धेरै समस्याहरु हुँदा समेत यहाको शैक्षिक गुणस्तर भने निकै राम्रो भएको क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु बताउन्छन् । त्रिविका १८ देखि २० प्रतिशत मात्र उत्तीर्ण हुँदा यस क्याम्पसका ३५ देखि ४० प्रतिशत विद्यार्थी प्रत्येक वर्ष उत्तीर्ण हुने गरेका निमित्त क्याम्पस प्रमुख पोखे्रलको भनाइ छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले यो देशको विकास नहुनु राजनैतिक अस्थिरता रहेको बताए । देशमा हुने पटक–पटकका सरकार परिवर्तन विकासका बाधक बनेका उनको भनाइ छ । स्थिर सरकार नहुदा जनताले अपेक्षा गरे अनुसार विकास र समृद्धि हुन नसकेको उनले जिकिर गरे । यस्तै उनले क्याम्पसको विकासका निम्ति अहोरात्र खट्ने जानकारी दिए ।
पाणिनीमा अर्घाखाँचीका ग्रामिण क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्न आउन्छन् । पाािणनी भौतिक र आर्थिक रुपमा कमजोर भएपनि शैक्षिक रुपमा अब्बल छ । हाल यहाँबाट शिक्षा शात्र, व्यवस्थापन शात्र, राजनैतिक शास्त्र, लगायत अध्यापन हुदै आएका छन् । पाणिनीलाई त्रिवि अन्तर्गतको आंगिक क्याम्पसमा रुपान्तरण गर्नुपर्ने सबैको माग छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर, जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरु, सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु विभिन्न क्याम्पसका प्रमुखहरु जग्गा दाता तथा अक्षयकोष दाताहरु क्याम्पसका प्राध्यापक तथा उपप्रध्यापकहरु विद्यार्थी तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा जग्गादाता, अक्षयकोषदाता, पुर्ब क्याम्पस प्रमुखहरु पुर्ब अध्यक्षहरु बाषिकोत्सबमा विभिन्न बिधामा खेलाइएका खेलका बिजेताहरुलाइ सम्मान पुरस्कार तथा नगद सहित प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रम क्याम्पस ब्याबस्थापन समितिका अध्यक्ष बिष्णु खनाल मुस्कानको अध्यक्षता उपप्रधायक बिजय खत्रीको स्वागत मन्तव्य निमित्त क्याम्पस प्रमुख लक्ष्मण पोख्रेलको प्रतिबेदन प्रस्तुत तथा उपप्राध्यापक धर्म भुसालको संचालनमा सम्पन्न भएको थियो ।