
अर्घाखाँची । जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीको कार्यालय प्रमुखमा शिव नेपाली कार्यालय प्रमुखको रुपमा सरुवा भइ आएका छन् । स्वास्थ तालिम केन्द्र बुटवलमा कार्यरत नेपाली केही दिन अघि स्वास्थ्य कार्यालय अर्घाखाँचीमा हाजिरी भएका हुन् । उनी विगत करिब ९ वर्षदेखि विभिन्न जिल्लाहरुमा स्वास्थ सेवा प्रदान गर्दै जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको प्रमुख भएर गृह जिल्ला आएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले आज आइतबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख नेपालीले जिल्लामा स्वास्थ्य कार्यालयबाट संचालन हुने विभिन्न कार्यक्रमको सबै पक्षले एक भएर सफल बनाउनुपर्ने बताएका थिए । उनले अहिले विभिन्न खोपका कार्यक्रमहरु रहेको बताउँदै अन्य जनचेतनामूलक कार्यक्रमहरु पनि गर्न आवश्यक रहेको जिकिर गरे । स्वास्थ्य कार्यालयले ग्रामीण क्षेत्रमा समेत विभिन्न सचेतनामुलक कार्यालय गरिरहेको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ कार्यालय अर्घाखाँची कार्यक्रम सुपरभाइजर तथा सुचना अधिकारी विजय विक, स्वास्थ कार्यालयका अन्य शाखाका कर्मचारीहरु, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियोे ।