नवीन रसाइली अर्घाखाँची । पछिल्लो समय बैंकिङ सेवा जताततै सुचारु छ । बैंकिङ सेवा आएपछि नागरिकलाई सेवा लिन छिटो र छरितो भइरहेको छ । अहिले सबैजसो कारोबार बैंक मार्फत नै हुने गर्छन् । बैंकिङ सेवा अझ विस्तार गर्नको लागि एन.एम..बी बैंक अर्घाखाँची शाखाले विद्यार्थीहरुलाई बैंकिङ कारोबार सम्बन्धि तालिम दिएको छ । शुक्रबार सन्धिखर्कको हटारिनेटामा रहेको रविचित्र माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई शाखाले वित्तीय साक्षरता तालिम दिएको हो ।
विद्यार्थीहरुलाई बैंक तथा वित्तीय सम्बन्धि डिजिटल कारोबार, आम्दानी खर्च सम्बन्धि तालिम दिइएको एन.एम.बी. बैंक अर्घाखाँचीका शाखा प्रमुख कृष्ण प्रसाद खनालले जानकारी दिए । उनका अनुसार तालिमबाट विद्यार्थीहरुले धेरै ज्ञान हासिल गरेका छन् । विद्यार्थीहरुले डिजिटल कारोबार सम्बन्धि ज्ञान तथा सीप सिक्न पाउँदा खुसी भएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकराज आचार्य सहित अन्य शिक्षक, बैंकका कर्मचारीहरुको सहभागीता रहेको थियो ।